Deposit Product

दैनिक आय क्षमता भएका सदस्यहरुको लागि घरदैलोमा गएर वा कार्यालयमा नै उपस्थित भएर गरिने बचतलाई दैनिक बचत भनिनेछ ।

विषेशताहरूः

  • दैनिक रुपमा बचत गर्न सकिने ।
  • संस्थाको बचतकर्ता मार्फत घरदैलो बाटै बचत गर्न सकिनेछ ।
  • न्यूनतम रु.५०।– देखि दैनिक बचत गर्न सकिने।
  • खातामा न्यूनतम रु.५००।– मौज्दात राखि जुनसुकै बखत निकाल्न सकिने ।
  • त्रैमासिक रुपमा व्याज पुँजिकृत गरिने ।
  • दैनिक बचत खाताका लागि संस्थाले बचत पासबुक र चेक उपलब्ध गराउने ।
  • पासबुक,चेक हराएमा कार्यालयले तोके अनुसार शुल्क बुझाई पुनः पासबुक प्राप्त गर्न सकिने ।
  • आर्कषक व्याजदर प्रदान गरिने ।
  • दैनिक मौज्दात अनुसार व्याज गणना गरिने ।
  • SMS & Mobile Banking सेवा उपलब्ध लिन सकिने ।

प्रत्येक महिना महिनामा वा निश्चित नियमित अवधिमा सदस्य रहँदा सम्म अनिवार्य रूपमा सदस्यले जम्मा गर्न कवोल गरेको बचत योजना मासिक नियमित बचत योजना हो ।

विषेशताहरूः

  • मासिक रुपमा बचत गर्नुपर्ने ।
  • न्यूनतम रु.५००।– बाट बचत जम्मा गर्नुपर्ने ।
  • सदस्यहरुले शेयर रकम र मासिक बचत अनिवार्य बराबर बनाउनुपर्ने ।
  • शेयर रकम भन्दा बढि रकम पनि जम्मा गर्न सकिने ।
  • आर्कषक व्याजदर प्रदान गरिने ।
  • दैनिक मौज्दात अनुसार व्याज गणना गरिने ।
  • नियमित बचत सामान्यतया सदस्य कायम रहे सम्म फिर्ता नहुने ।
  • नियमित बचतमा रहेको रकमलाई जमानत राखि आफुले ऋण लिने र अन्य कुनै सदस्यले ऋण लिँदा जमानत राख्न सकिनेछ ।
  • संरक्षित पूँजी फिर्ता कोषको रकम प्रदान गरिने ।

सदस्यको संरक्षकत्वमा रहेका १६ वर्षमुनिका बालबालिकाहरुले मासिक वा ऐच्छिक रूपमा जम्मा गर्न सकिने बचत योजना बाल बचत योजना हो ।

विषेशताहरूः

  • नियमित बचत गर्ने बाल सदस्यलाई जन्मदिनको अवसरमा बर्थडे केक प्रदान गरिने ।
  • सुरुमा न्यूनतम रकम रु.१,०००।– जम्मा गर्नुपर्ने ।
  • बाल बचत खातामा इच्छा अनुसार रकम जम्मा गर्न सकिने ।
  • बाल बचतकर्ताको उमेर १६ वर्ष नभएसम्म बचत रकम फिर्ता नहुने ।
  • यदि बालबचतकर्ता कुनै संक्रामक रोग, मुटुरोग, क्यान्सर जस्ता रोगबाट पिडित भई उपचार गर्नुपरेमा, बसाई सरी गएमा फिर्ता गरिने ।
  • बाल बचतकर्ता वालवालिकाहरुलाई युवाका लागि वित्तिय साक्षरता कार्यक्रममा सहभागिता गराईनेछ ।
  • आर्कषक व्याजदर प्रदान गरिने ।
  • दैनिक मौज्दात अनुसार व्याज गणना गरिने ।
  • बाल बचत खाताका लागि संस्थाले पासबुक उपलब्ध गराउने ।

संस्थाका सदस्यहरूले आफूसँग भएको रकमलाई आफ्नो ईच्छा अनुसार राख्ने र खातामा न्यूनतम रु.५००।०० राखि झिक्न पाउने सुविधा भएको बचत योजना ऐच्छिक बचत योजना हो ।

विषेशताहरूः

  • खातामा न्यूनतम मौज्दात रु.५००।– हुनुपर्ने ।
  • ऐच्छिक बचत खातामा इच्छा अनुसार रकम जम्मा गर्न र निकाल्न सकिनेछ ।
  • आर्कषक व्याजदर प्रदान गरिने ।
  • दैनिक मौज्दात अनुसार व्याज गणना गरिनेछ ।
  • ऐच्छिक बचत खाताका लागि संस्थाले भुक्तानी पुर्जा (चेक) उपलब्ध गराउनेछ ।
  • SMS & Mobile Banking सेवा लिन सकिने ।
  • जतिसुकै बचत रकम राख्न र निकाल्न सकिने ।
  • संरक्षित पूँजी फिर्ता कोषको रकम प्रदान गरिने ।

संस्थामा आवद्ध महिला सदस्यहरुलाई मध्यनजरमा राखि तयार गरिएको बचतलाई नारी बचत भनिन्छ । १६ वर्ष भन्दा माथिका उमेर समुहका महिला सदस्यहरुले यो बचत खाता खोल्न सकिनेछ ।

विषेशताहरूः

  • खातामा न्यूनतम मौज्दात रु.५००।– हुनुपर्ने ।
  • नारी बचत खातामा इच्छा अनुसार रकम जम्मा गर्न र निकाल्न सकिनेछ ।
  • आर्कषक व्याजदर प्राप्त हुने ।
  • दैनिक मौज्दात अनुसार व्याज गणना गरिनेछ ।
  • नारी बचत खाताका लागि संस्थाले भुक्तानी पुर्जा (चेक) उपलब्ध गराउनेछ ।
  • SMS & Mobile Banking सेवा सकिने ।

विशेष गरी सेवा निवृत हुनुभएका सदस्यहरुलाई केन्द्रित गरी तयार गरिइएको बचत योजना पेन्सन बचत योजना हो ।

विषेशताहरुः

  • न्यूनतम मौज्दात रकम रु.५००।– हुनुपर्ने ।
  • पेन्सन बचत खातामा इच्छा अनुसार रकम जम्मा गर्न र निकाल्न सकिने ।
  • आर्कषक व्याजदर प्रदान गरिने ।
  • दैनिक मौज्दात अनुसार व्याज गणना गरिनेछ ।
  • पेन्सन बचत खाताका लागि संस्थाले भुक्तानी पुर्जा (चेक) उपलब्ध गराउनेछ ।
  • SMS & Mobile Banking सेवा लिन सकिने ।

संस्थामा आवद्ध सदस्यहरुको लागि तयार गरिएको बचत योजना प्रमोटर बचत योजना हो ।

विशेषताहरु

  • न्यूनतम मौज्दत रकम रु.१,०००।– हुनुपर्ने ।
  • इच्छा अनुरुप खातामा रकम जम्मा गर्न र फिर्ता लिन सकिने ।
  • आर्कषक व्याजदर प्रदान गरिने ।
  • दैनिक मौज्दात अनुसार व्याज गणना गरिने ।
  • भुक्तानी पुर्जा (चेक) उपलब्ध गराउने ।
  • SMS & Mobile Banking सेवा लिन सकिने ।

संस्थामा आवद्ध सदस्यहरुको लागि तयार गरिएको बचत योजना प्रमोटर बचत योजना हो ।

विशेषताहरु

  • न्यूनतम मौज्दत रकम रु.१,०००।– हुनुपर्ने ।
  • इच्छा अनुरुप खातामा रकम जम्मा गर्न र फिर्ता लिन सकिने ।
  • आर्कषक व्याजदर प्रदान गरिने ।
  • दैनिक मौज्दात अनुसार व्याज गणना गरिने ।
  • भुक्तानी पुर्जा (चेक) उपलब्ध गराउने ।
  • SMS & Mobile Banking सेवा लिन सकिने ।

संस्थामा आवद्ध सदस्यहरुको प्राप्त गरिने शेयर लाभाँश बापतकाे रकम जम्मा गर्नका लागि तयार गरिएको बचत योजना शेयर लाभाँश बचत योजना हो ।

विशेषताहरु

  • खातामा न्यूनतम मौज्दात रकम रु.५००।–  हुनुपर्ने ।
  • हरेक आर्थिक वर्षको शेयर लाभांश यस खातामा मार्फत वितरण गरिने ।
  • यो बचत खातामा व्याजदर प्रदान नगरिने ।

विशेष गरी संस्थामा आवद्ध ज्येष्ठ सदस्यहरुलाई मध्यनजरमा गरि तय गरिएको बचत योजना ज्येष्ठ नागरिक बचत योजना हो । ६० वर्ष वा सो भन्दा बढि उमेर समुहका सदस्यहरुले यस बचत योजनामा सहभागि हुन सकिनेछ ।

विशेषताहरु

  • न्यूनतम मौज्दात रकम रु.५००।– हुनुपर्ने ।
  • इच्छा अनुरुप खातामा रकम बचत जम्मा गर्न र बचत फिर्ता गर्न सकिने ।
  • आर्कषक व्याजदर प्रदान गरिने ।
  • दैनिक मौज्दात अनुसार व्याज गणना गरिने ।
  • भुक्तानी पुर्जा (चेक) र पासबुक उपलब्ध गरिने ।
  • SMS & Mobile Banking सेवा लिन सकिने ।

संस्थामा कार्यरत कर्मचारीहरुको सहुलियतको लागि तयार गरिएको बचत सेवा सञ्चय कोष बचत हो । संस्थाबाट र कर्मचारीको तलबको केहि प्रतिशत रकम सञ्चय कोषमा जम्मा गरिनेछ ।

विशेषताहरु

  • सेवाबाट निवृत्त पश्चात सबै बचत रकम निकाल्न सकिने ।
  • इच्छा अनुरुप खातामा रकम बचत गर्न सकिने ।
  • आर्कषक व्याजदर प्रदान गरिने ।
  • दैनिक मौज्दात अनुसार व्याज गणना गरिने ।
  • सञ्चय कोष बचत खातालाई जमानत राखि १ वर्ष सम्मका लागि ऋण प्रवाह गरिएने छ ।
  • सञ्चय कोष बचत खातालाई जमानत राखेको अवस्थामा यस खाताको रकम फिर्ता वा ऋणमा घटाउन नपाउने ।

सदस्यले समय तोकेर एकमुष्ठ रुपमा जम्मा गरेको बचतलाई आवधिक बचत भनिनेछ । आवधिक बचत ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष र ३ वर्षको लागि राख्न सकिनेछ ।

विषेशताहरूः

  • यो बचत तोकिएको अवधी भन्दा अगावै झिक्न नपाइने ।
  • यो बचत धितो राखि सदस्यले ऋण लिन लिन सकिने ।

संस्थाका सदस्यले ऋणको किस्ता भुक्तानीका लागि सहज र सहजताका लागि तयार गरिएको बचत योजना ऋण बचत योजना हो ।

विशेषताहरु

  • न्यूनतम मौज्दात रकम रु.१,०००।– हुनुपर्ने ।
  • यस खातामा व्याजदर प्रदान गरिने नगरिने ।
  • भुक्तानी पुर्जा (चेक) उपलब्ध गराउनेछ ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.